Thursday 24 September 2026 / बिहीबार, ८ आश्विन २०८३

काठमाडौं, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खस्दा सवारी आवागमन एकतर्फी बनेको छ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अहिले पनि सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ। यसअघि भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म ठप्प बनेको थियो। पछि नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि मात्रै यातायात पुनः सञ्चालनमा ल्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय