Sunday 27 September 2026 / आईतवार, ११ आश्विन २०८३

काठमाडौंमा ‘Don’t Miss a Beat’ नारासहित विश्व मुटु दिवस २०८३ तथा सम्मान समारोह आयोजना गरिएको छ।

मुटु स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने तथा नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम Heart to Heart Center को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा सभापति रोशन कृष्ण न्याछ्यों तथा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा रहेका थिए। विशेष अतिथिका रूपमा पूर्वस्वास्थ्य मन्त्री उमेश श्रेष्ठ सहभागी भएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले नसर्ने रोग (एनसीडी) को बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

उनले समुदायमा आधारित एनसीडी स्क्रिनिङ प्रभावकारी रूपमा सञ्चालन गर्न नसके आगामी दिनमा नसर्ने रोगको दर अझ बढ्न सक्ने उल्लेख गरे।

त्यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले समुदायमै स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए। त्यस्तै, विशेष अतिथि उमेश श्रेष्ठले ‘समाज सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्नुपर्नेमा जोड दिए।


कार्यक्रममा मुटु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिसँगै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय