Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

भक्तपुर, भक्तपुरको दुवाकोटमा स्थापना गरिएको एभरेस्टमल्टी स्किल्स प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आइतबार आयोजित एक समारोहबीच संस्थाको उद्घाटन गर्नुभएको हो।


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीपमूलक तालिम तथा दक्ष जनशक्ति उत्पादनको महत्त्वबारे चर्चा गर्नुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाको उद्देश्य तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो। संस्थाले सीप विकास, व्यावसायिक तालिम तथा रोजगारीका अवसर सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय