काठमाडौं, राप्रपा नेता ज्ञानेन्द्र शाहीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले महाधिवेशनबाट रूपान्तरण र पुस्तान्तरण हुनुपर्ने भन्दै पार्टीको अध्यक्षमा उठने घोषणा गरेका हुन् ।
वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्षहरूलाई पार्टीको सर्वोच्च नेता बनाउने उनले प्रस्ताव गरेका छन् । राप्रपाको महाधिवेशन मंसिर २६ देखि सुरु हुँदैछ ।


