Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ११ बजे बस्ने भनेपनि एक घण्टा ढिलागरी १२ बजेपछि मात्रै सुरु भएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय