काठमाडौं- समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिए।
हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई पार्टी सदस्यबाटसमेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’, ती सदस्यले भने।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।


