Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।

तर आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय