काठमाडौं, नेपाली फेसन वृत्तमा ढाकाको लोकप्रियता बढ्दै गएको देख्न सकिन्छ । नेपाली अर्गानिक फेसनको पर्याय बनेको ढाकाको प्रयोगमा आधुनिक शैलीको फेसनमा यसको प्रयोगले फ्युजन शैलीको निमार्णमा पनि निकै सघाउ पु¥याएको पाइन्छ । नेपाली ढाकाको प्रयोगमा फ्युजन शैलीको पहिरनहरु सृजनामा लोकप्रियता कमाएको मुकु बेटर व्हेन इट्स अन युका पछिल्लो कलेक्सनलाई मिस नेपाल २०२० का मुख्य उपाधि विजेताहरुले आकर्षक रुपमा प्रस्तुत गरेका छन् । 
डिजाइनर मुक्ता श्रेष्ठको मुकुले तयार पारेको उक्त ढाका मिश्रित पहिरनहरुको प्रवद्र्धनका लागि फोटोसेसन किर्तिपुरस्थित सःसः त्वाःमा गरिएको थियो भने उक्त फोटोशुटलाई आफ्नो क्यामरामा कैद गरेका थिए इन्डेफ्ट फोटोग्राफीका फेसन फोटोग्राफर क्युबी महर्जनले ।
सुन्दर पहिरनहरुले आकर्षक प्रस्तुति मार्फत् अझ मनमोहक बनाउनेहरुमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठ र मिस नेपाल सुप्रानेसनल २०२० सिमल कनौजिया हुन् ।
यी सुन्दरीहरुको सुन्दरतामा मेकअपबाट निखार ल्याउने कार्य मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारीले गरेकी हुन् । मुकु डिजाइन्सको पछिल्लो कलेक्सनमा ढाका प्रिन्ट भएका साडी, अनारकली, चुँडीडार, नी लेन्थ फर्मल वेयर, वन् पिस डे«स आदि रहेका छन् ।


