Wednesday 26 August 2026 / बिहीबार, ११ भाद्र २०८३

काठमाडौं,कोभिडबाट प्रत्यक्ष अप्रत्यक्ष प्रभावितहरुको सहयोग लागि पूर्व मिस नेपालहरु एकजुट भएका छ्न् । सो कार्यका लागि राहत कोष सृजना गर्ने हेतुले पाँच जना पूर्व मिस नेपालहरु पाँच दिने कार्यशाला संचालनका लागि अग्रसर भएका छन् । ‘ग्रो टू गिभ’ नामक उक्त कार्यशालामा पाँच वटा विषयमा प्रशिक्षण प्रदान गरिने छ । हरेक दिन एक वटा विषयमा एक जना पूर्व मिस नेपालले प्रशिक्षण दिइने उक्त कार्यशाला आउँदो जून १५ देखि जून १९ तारिख सम्म हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म संचालन हुने बताइएको छ । कार्यशालामा सहभागि हुनका लागि रु एक हजार सहभागि शुल्क तोकिएको छ । यो कार्यशालाबाट संकलन भएको शत्प्रतिशत रकम कोभिडबाट प्रभावितहरुको सहयोगमा खर्च गरिने जनाइएको छ ।
आत्मविकासमा लक्षित रहने उक्त कार्यशालामा मिस नेपाल वर्ल्‍ड २०१५ ईभाना मानन्धरले प्रभावकारी संचारकलाको विषयमा प्रशिक्षण दिनेछिन् भने मिस नेपाल वर्ल्‍ड २०१९ जेनिशा मोक्तानले विजेताको मानसिकता विषयमा तालिम प्रदान गर्नेछिन् । यसैगरी मिस नेपाल वर्ल्‍ड २०१० सदिक्षा श्रेष्ठले व्यक्तिगत उत्पादकता व्यवस्थापन विषयमा कार्यशाला संचालन गर्नेछिन् भने मिस नेपाल वर्ल्‍ड २०१८ श्रृङ्खला खतिवडाले क्षमता प्रस्तुतिकरण विषयमा प्रशिक्षण प्रदान गर्नेछिन् । मिस नेपाल वर्ल्‍ड २०१९ अनुष्का श्रेष्ठले भने नेपालमा उद्यमशीलता विषयमा कार्यशाला संचालन गर्नेछिन् ।
यो पाँच दिने कार्यशाला डिएम फाउन्डेशनको सहकार्यमा एफएमएनडब्लुको अग्रसरतामा संचालन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय