काठमाडौं । शुक्रबार, सुर्खेतमा आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथि आक्रमण भयो । कसले किन कुन उद्देश्यका लागि उनीमाथि आक्रमण भयो भन्ने बारेमा हालसम्म आधिकारिक जानकारी सरकारी निकायले दिएको छैन ।
तर ज्ञानेन्द्रले भने आफूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यकर्ताले जानीबुझी कन नै आक्रमण गरेको दावी गरेका छन् । कोरोना विरुद्धको अभियानमा स्वास्थ्य सामग्री लिएर गएको बेला आफूमाथि आक्रमण गरिएको उनले बताएका छन् ।
मापसे गरी अपशब्द बोलेको निहुँमा सामाजिक सुधारक बताउने शाहीको ११ सदस्यीय टोलीमाथि आक्रमण भएको बताइएको छ ।

सुर्खेत सदरमुकाम नजिकका गाउँलेको हिजो शुक्रवार राती झडप भएको प्रहरीले बताएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा शाहीको टोलीले निषेधाज्ञा र महामारीबीच स्थानीय मानबहादुर बुढा र सीता आचार्यको घरमा बसेर खानपान गरेका थिए । ११ जनाको टोलीले ०२३ च ३९६८ को स्कोर्पियो,बा १९ च ४८१६ को कार र लु ७० प ८६४१ को मोटरसाइकल प्रयोग गरेको प्रहरीको भनाइ छ ।
त्यहाँबाट निस्केको शाहीको टोलीमाथि खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवामाथि अपशब्द प्रयोग गरेको आरोप लागेको छ , स्थानीय युवाहरूले आफूहरूमाथि दुर्व्यवहार भन्दै गाउँले गुहारेका थिए । राती गाउँले उर्लिएर प्रतिकार गर्दा शाहीको टोली सामान्य घाइते भएको स्थानीयको भनाइ छ ।
शाहीको टोलीेले केपी ओलीका कार्यकर्ताले पिटेको बताएपनि कर्रेखोलामा रहेका काँग्रेस वडा सभापतिले ‘एमाले,काँग्रेस केही होइन, उनीहरूले बदमासी गरेपछि गाउँलेले प्रतिकार गरेको’ प्रतिक्रिया दिएका छन् ।
ज्ञानेन्द्र शाहीको समूह शुक्रबार राती स्थानीय सीता आचार्यको घरमा खाना खाएर निस्केपछि होहल्ला हुँदा स्थानीय युवाले को हो ? किन हल्ला गरेको ? भनेको र अपशब्द बढ्दै गएर दोहोरो झडप भएको प्रहरीले बताएको छ ।

सामान्य घाइते भएका भनिएका शाहीको टोलीलाई कर्णाली प्रदेश अस्पतालले तत्काल डिस्चार्ज गरे पनि प्रहरीका एसपी राजेन्द्र बिष्टलाई फोनमा थर्काएको र आज बिहानदेखि सो को अडियो हालेर सामाजिक सञ्जाल र युट्युबमा हल्ला गरिएको छ ।
कोरोना महामारी रोकथामको लागि लगाएको निषेधाज्ञामा २ वटा गाडी,र २ वटा मोटरसाइकलमा यात्रा गर्दै हिंडेको टोलीले मापसे समेत गरेका थिए । प्रहरीका अनुसार घाइते भनिएका एक जनाको टाउकोपछाडिबाट हल्का रगत आएको छ ।
स्थानीय २ सय जनाको भीड उत्रिएको देखिएपछि फेरि पछि प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा २० जनाको टोली घटनास्थल पुगेको थियो । यही टोलीले सम्झाइबुझाई गरेर राती २ बजे स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको थियो ।
शाहीको टोलीमा रहेकामध्ये ललितपुरको गोदावरीका राजेश महतोको टाउकोमा सामान्य चोट लागेको छ । शाहीको गाडी चलाउने नुवाकोट विदुर ३ का कृष्ण पाण्डेको टाउकोमा पनि सामान्य चोट लागेको छ ।
त्यस्तै जुम्लाका ज्ञानेन्द्र शाही, बागलुङ नगरपालिका की नितु खड्का र शाहीको टोलीमा रहेका वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३४ का लोक रोकाया सामान्य घाइते छन् । आफै हल्ला गर्दै हिड्ने, काम भन्दा बढी प्रचार गराउने भएकाले पनि शाहीमाथि पटक पटक आक्रमण भएको देखिन्छ ।
यस्तै, घटना गत वर्ष पनि भएको थियो । सामाजिक अभियन्ता हेमराज थापामाथि चितवनमा आक्रमणको प्रयास भएको हल्ला गरिएको थियो ।
विगत केहि समयदेखि सामाजिक संजालमा निकैनै भाइरल बनेका हेमराज थापा माथि चितवनमा आक्रमणको प्रयास भएको थियो ।

चितवन को भरतपुर बस त्रमिनल मा युवाहरु ले सन्चालन गरेको खाना खुवाउने कार्यक्रम मा सहयोग गर्ने आएका हेमराज थापालाई स्थानीयले बिरोध गरेका थिए । खाना खुवाउने ठाँउ मा हेमराज सङै पत्रकारहरु पनि थिए ।
स्थानीय सरकार को विरुद्ध मा हेमराज बोल्ने र नेताहरु लाई गाली गर्ने काम गरेपछि स्थानीय आक्रोशित भएका थिए । सामाजिक अभियन्ताको नाममा मनलाग्दी क्रियाकलाप गर्दै हिडेपछि पटक पटक आक्रमण भएको घटनाक्रमले देखाउँछ ।


