Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

अँग्रेजी मासिक पत्रिका वाउ म्यागाजिनको नयाँ अंकको कभर पेजमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फिचर भएकी छिन् । कभरपेजमा फर्मल वेयरमा देखिएकी श्रृङ्खलाले पहिरिएको पहिरन फेसन डिजाइनर अन्टि गुरुङद्वारा तयार परिएको हो । उक्त फोटोसेसन काठमाडौं छुस्याबहालस्थित कान्तिपुर टेम्पल हाउसमा सम्पन्न भएको थियो भने फोटोसुटका लागि श्रृङ्खलाको स्टाइलिङ अविनाश श्रेष्ठले गरेका हुन् भने मेकअप हेयर स्टाइलिङ सुमन लामाले गरेका हुन् ।
श्रृङ्खलाले पहिरिएको गहना भने सिचु खैरगोलीको कलेक्सन हो । उक्त फोटोसुट मार्फत् श्रृङ्खला स्टाइल, पोज र हावभावलाई फोटोमा उतार्ने कार्य फेसन फोटोग्राफर सुजन श्रेष्ठले गरेका हुन् ।
श्रृङ्खला खतिवडा मिस नेपाल वर्ल्ड २०१८ का रुपमा वर्ष २०१८को अप्रिल ११ तारिखमा काठमाडौं दरबारमार्गस्थित होटल डिला अन्नपूर्णमा संचालन भएको २३औं संस्करणको मिस नेपाल प्रतियोगितामा चयन भएकी हुन् । त्यसपछि मिस वर्ल्ड २०१८मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी उनले मिस वर्ल्डमा ब्युटी विथ अ पर्पस अवार्डका साथै मल्टिमिडिया अवार्ड पनि जित्न सफल भएकी थिइन् । उनले मिस वर्ल्ड २०१८ उत्कृष्ट १२ सम्मको यात्रा पनि तय गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय