Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ – नेपाली सांगीत आकाशमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्‍चारकर्मी तथा गायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा उनकै शब्द संगीत रहेको छ।

म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्। विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन्। भिडियोको निर्देशन भने हीरा चौधरीले गरेका छन्।
यसअघि संजयले “तिमी आयौ, तिमी आयौ, ‘गल्ती मेरो छैन“, “तिमीले यो के गरेको’ र पन्चेबाजा जस्ता चर्चित गीतहरु दर्शक सामू पस्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय