संचारकर्मी एवं कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो लोकार्पण भएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशनका बनेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरेका हुन् । नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार रहेका छन् । अन्य कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । 
जुगल डंगोलको संगीत रहेको सो गीतको भिडियोलाई देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन गरेका हुन् । भिडियोमा दिपक बज्राचार्य र सागर बनमालाले संयुक्त रुपमा कोरियोग्राफी, दिपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियोग्राफी, आशा तामाङको श्रृंगार रहेको यस म्यूजिक भिडियो निर्माणमा महेशप्रकाश हाडाले ब्यवस्थापन गरेका हुन् । हामी दुई किनार, अस्वीकृत माया, ग्यानापु स्टाइल, बुदिंया भिंतुना लगायत गीतबाट चर्चा कमाएका गायक बज्राचाये ‘तसकं यःम्ह’ गीतबाट सर्वोत्कृष्ट गायक नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड’ र अन्तर क्याम्पस गीत प्रतिस्पर्धामा समेत सर्वोत्कृष्ट गायकको अवार्ड विजेता पनि हुन् । गीतका गायक तथा रचनाकार बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्ष पनि हुन् ।


