Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर प्रतिस्पर्धी, निर्णायक तथा आयोजक टीम मात्रको उपस्थितिमा मिसेस् मंगोल २०२१ को फाइनल प्रतियोगिता सम्पन्न गरिएको छ । स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना सहितको माहौलमा ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हलमा संचालन गरिएको सो प्रतियोगितामा अन्जु शेर्पाले मिसेस् मंगोल नेपाल २०२१को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा हिरा शेर्पा फस्ट रनर अप, निशा थापा मगर सेकेन्ड रनर अप, शोभा थापा मगर थर्ड रनर अप तथा गौरी तामाङ फोर्थ रनर अपका रुपमा चयन गरिएका थिए ।
हिमानी सुब्बाको कोरियोग्राफी तथा अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा संचालन गरिएको सो प्रतियोगिता परिचयात्मक चरण, वेष्ट ड्रेस राउन्ड, इभिनिङ गाउन राउन्ड, प्रश्न उत्तर चरणको मुल्यांकन संगै विजेताको चयन गरी टुंगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय