Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, पप गायक तथा म्युजिक भिडियो निर्देशक नरेन लिम्बु र कुसुम गुरुङको अभिनयमा रहेको म्युजिक भिडियो यतिबेला नेपाली सांगीतिक बजारमा चर्चामा रहेको छ।

शिवराज गुरुङ र मेलिना राइको स्वरमा रहेको गीतमा निर्देशक लिम्बुले मिठो प्रेमकथा बुनेका छन्। अभिनेत्री कुसुम गुरुङ र निर्देशक लिम्बुको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ।

गायिका मेलिना राइको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक म्युजिक भिडियोलाई विश्वास राइले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन।

केहि समय देखि हङ्गकङ्गमा बसोबास गर्दै आएका शिवराज गुरुङले केहि समयको अन्तरालमा आफुले गायिका मेलिना राइ संगको सहकार्यमा यो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। सार्वजानिक भएको २ दिन मै लाखौँ दर्शक स्रोताले मन पराइ दिंदा आफु निकै नै हौसिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय