Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

मिष्टर एण्ड मिस एसईइ नेपाल २०२१ को उपाधिमा आश्रय कार्की र प्रिस्टिना तामाङ विजयी बनेका छन् । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न भएको सो प्रतियोगिताको ग्राण्ड फिनालेमा मिष्टर भर्सटाइल र ट्यालेन्ट विधाको अवार्ड सहित आश्रय मिष्टर एसईइ नेपाल २०२१ छनौट भएका हुन् भने पिपुल्स च्वाइस अवार्ड र मिस ट्यालेन्ट अवार्ड सहित प्रिस्टिनाले मिस एसईइ नेपाल २०२१को ताज पहिरिएकी हुन् ।
प्रतियोगितामा फोटोजेनिक र स्पोर्टस् विधाको अवार्ड सहित सुप्रिया भण्डारी र मिष्टर पपुलरको अवार्ड सहित विकेश श्रेष्ठ फस्ट रनर अप छनौट भए । यसैगरी फोटोजेनिक र वेष्ट वाकको अवार्ड सहित सम्मान वाग्ले र मिस भर्सटाइल र वेष्ट वाकको अवार्ड सहित स्वस्तिका सोरेन सेकेन्ड रनर अप उपाधि विजेता चयन गरिए । यसैगरी सो प्रतियोगिता अन्तर्गत अंकिता नेपालले मिस पपुलर र मिस एक्टिभ, रेशु गनेजुले मिस डिसिप्लीनको अवार्ड जिते भने अभिषेक राजवंशी मिष्टर एक्टिभ र रितिक ठाकुर मिष्टर डिसिप्लीनका रुपमा छनौट गरिएका थिए । सम्पदा गार्डेन रिसोर्टमा आठ दिनको आवासीय प्रशिक्षण पछि प्रस्तुत गरिएको यो प्रतियोगतालाई क्रिएटिभ नेरो नेपालले आयोजना गरेको हो भने कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्य हुन् । प्रतियोगिताको निर्णायक मण्डलमा सुशान्त काजी श्रेष्ठ, रुविष्का श्रेष्ठ र अभिविन्द खनियाँ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय