Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, टोकियो ओलम्पिकका १४ औं दिन आज (शुक्रबार) ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।

अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित चिर्न शिर्ष स्थानमा रहेको छ । २९ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको आयोजक जापानको २२ स्वर्ण भएको छ ।

१७ स्वर्णसहित अष्ट्रेलिया चौथो स्थानमा छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १६–१६ वटा स्वर्ण पदक जितेका छन् । टोकियोमा अहिलेसम्म ६३ देशले स्वर्ण पदक जित्दा ८८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय