Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

मिस सुप्रानेसनल नेपाल २०२० की विजेता सिमल कनौजिया पोल्याण्डतर्फ प्रस्थान गरेकी छिन् । १२औं संस्करणको मिस सुप्रानेसनल २०२१ सौन्दर्य प्रतियोगिता आउँदो अगष्ट २१ तारिखम पोल्याण्डको नवी साक्ज, मालोपोल्सकामा सम्पन्न हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ६० राष्ट्रका सुन्दरीहरुको सहभागिता रहेको छ । यसअघि प्रतियोगिताको यो संस्करण २०२० को अन्ततिर गरिने भनिएको भएपनि कोभिड १९ का कारण स्थगन हुन पुगेको थियो । गत अप्रिल महिनामा मात्र हालको नयाँ मितिको घोषणा गरिएको थियो ।
काठमाडौं निवासी २४ वर्षिया सिमल सन् २०२० को डिसेम्बर ५ तारिखमा काठमाडौंको बुढानिलकण्ठस्ति पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको मिस नेपाल २०२० को ग्राण्ड फाइनलमा मिस सुप्रानेसनल नेपाल २०२० का रुपमा चयन भएकी थिइन् । मिस सुप्रानेसनलको अन्तर्राष्ट्रिय मंचमा नेपाली सुन्दरीको यो तेस्रो सहभागिता हो । यस अघि सन् २०१८ मा महिमा सिंह र सन् २०१९ मा रोज लामाले मिस सुप्रानेसनलमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय