Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

हालै मात्र मिस सुप्रानेसनल नेपाल सिमल कनौजियाको मिस सुप्रानेसनल २०२१ सहभागिताका लागि तयार पारिएको नेसनल कस्ट्युम सार्वजनिक गरिएको छ । उक्त पहिरन गोर्खाली सैनिकको साहस, वीरता, निडरता, आत्मविश्वास, बहादुरी, वफादारिता, इमान्दारिता, व्यवसायिकता जस्ता गुणहरुमा समर्पित रहेको छ । यो पहिरन गोर्खा सैनिकको सेरिमोनियल पहिरनबाट प्रेरित र प्रभावित रहेको छ । जसमा ह्यान्ड इम्ब्रोइडरी र अन्य एम्बेलिस्मेन्टको सुन्दर एवं आकर्षण देख्न सकिन्छ । पहिरन सुहाउँदो जुक्तालाई सोही अनुसार झकिझकाउ गरिएको छ । गोर्खाली सैनिक बहादुरी र वीरतको चिनोको रुपमा रहेको खुकुरीको प्रतिकात्मक प्रयोग पनि उक्त नेसनल कस्ट्युमको महत्वपूर्ण पाटोको रुपमा प्रस्तुत गरिएको र सार्थ राष्ट्रिय झण्डाको उपस्थितिले समग्र राष्ट्रिय गौरवको पहिचानलाई उजागर गरेको छ ।
गोर्खाली सैनिकमा समर्पित यो नेसनल कस्ट्युमलाई नमूना कलेज अफ फेसन टेक्नोलजीका १५ औं ब्याचका ग्राजुएट फेसन डिजाइनहरुको समूहले तयार पारेको हो । जसमा फेसन डिजाइनरहरु अर्पणा शर्मा ढकाल, अस्मिता राई, दावा जाङ्मु शेर्पा, कल्पना विश्वकर्मा, मिला बज्राचार्य, ओज्वसी पौड्याल, रविना मानन्धर, सामना खत्री, समिना बज्राचार्य, संयमि अधिकारी, सृजना कर्णकार, सुनैना ताम्राकार, सुसाता अधिकारी र सुष्मा चौधरी रहेका छन् । नेसनल कस्ट्युम सहितको सिमलको तस्वीरहरु भने फोटोग्राफर आयुष श्रेष्ठले खिंचेका हुन् भने उनलाई अविनय, प्रस्रिन ख्वान्जु र सफल केसीले असिष्ट गरेका छन् । अनानेकी ब्युटी सलुनको मेकअपमा सजिएकी सिमलको प्रस्तुतिलाई रचना गुरुङ शर्माले निर्देशन गरेका हुन् भने फोटोसुट एलफ्ट काठमान्डूमा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय