Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

अनुजा मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको मिस टिन चार्म २०२१ र मिस टिन प्रिन्सेस् २०२१ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित म्युजिक सिटी हलमा संचालन भएको सो प्रतियोगितामा जिज्ञासा लामाले मिस टिन प्रिन्सेस् २०२१ को विजेताका रुपमा ताज पहिरिन् भने बिनिशा बस्नेत टिन प्रिन्सेस् विधामा अर्गनाइजर च्वाइसको ताज विजेता बनिन् ।
प्रतियोगितामा जिज्ञासाले वेष्ट ड्रेस र फ्रेन्डशीप विधाको उपाधि पनि हात पारिन् भने बिनिशाले पर्सनालिटी र ¥याम्प वाकको अवार्ड उचाल्न सफल भइन् । यसैगरी टिन प्रिन्सेस् तर्फ रुबी खरेल मिस फोटोजेनिक भएसंगै फस्ट रनर अप विजेता बनिन् । अन्य मुख्य विधामा साइका भट्टराई राइजिङ स्टार अवार्ड सहित लिडरशीप विधामा उत्कृष्ट बनिन् भने आकांक्षा श्रेष्ठले मिस ब्युटिफुल र ब्युटी विथ ब्रेनको अवार्ड जितिन् । प्रतियोगितामा दिपिका नेपाल मिस ट्यालेन्टका रुपमा चयन भएकी थिइन् ।
मिस टिन चार्म २०२१ अन्तर्गत मिस अल राउन्डरको अवार्ड सहित रोनिका कोजुले अर्गनाइजर च्वाइसको ताज पहिरिन् भने अस्मिता मगरले पब्लिक च्वाइस अवार्ड सहित मिस टिन चार्म २०२१ को ताज पहिरिन सफल भइन् । यसैगरी मिस टिन चार्म विधामा वेष्ट ड्रेस विधा सहित सुप्रज्ञा श्रेष्ठले फस्ट रनर अप, लिडरशीपको अवार्ड सहित न्यान्सी महर्जनले सेकेन्ड रनर अप स्थान हासिल गरेका थिए । प्रतियोगितामा पर्सनालिटी र ब्युटी विथ ब्रेनको उपाधि रोजा कट्वालको नाममा दर्ता हुनगयो भने मिस इन्टेलिजेन्टको अवार्ड सहित तृष्णा बानियाँले राइजिङ स्टार विधामा सफलता हात पारिन् । प्रतियोगिताको कोरियोग्राफी तेन्जु योञ्जनले गरेका थिए भने सपना भण्डारी प्रतियोगिताको सहयोगि कोरियोग्राफर थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय