काठमाडौँ, हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ साता अडिसनका लागि समय दिइएको छ ।
यसपटकको सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् ।यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् । कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन् ।असोजबाट यो शोलाई प्रशारण गर्ने तयारी टेलिभिजनले गरेको छ ।


