Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौँ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिएको छ । नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पुर्‍याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय