Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

 

नयाँ वेभ सिरिज पट्टु सार्वजनिक भएको छ । द हिमालयन मुभिज्को ब्यानरमा निर्माण भएको उक्त वेभ सिरिजमा फेसन कोरियोग्राफरद्वय दिक्पाल कार्की र हिमानी सुब्बा मुख्य भूमिकामा देखिएका छन् । युट्युब च्यानल दिक्पाल कार्की अफिसियलमा सार्वजनिक भएको वेभ सिरिज पट्टुमा कथा पटकथा तथा निर्देशन कोमल नाथ खतिवडाको रहेको छ । पहिलो श्रृङ्खलामै उक्त वेभ सिरिजले आफ्नो कथा प्रस्तुति र अभिनयले वेभ सिरिजका दर्शकलाई अर्को श्रृङ्खलाको प्रतिक्षामा राख्न सफल भएको देखिन्छ ।
सिरिजमा राजेन्द« कमल राई र भ्यालेन्टिनो बुटिकका सुक्निता चौलागाईको कस्ट्युम, कविता तोलाङ्गी, ज्ञानु नगरकोटी र विष्णु पंगेनीको हेयर एण्ड मेकअप रहेको छ । मुकेश हुमागाई सिनेमाटोग्राफर रहेको सो सिरिजमा विशाल लामाले ड्रोन ह्यान्डलिङ गरेका छन् । उक्त सिरिजमा विनोद बमको सम्पादन र सुर संगीत स्टुडियोको साउन्ड स्कोरिङ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय