Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

काठमाडाैं, जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित निकालेको छ । शुक्रवार रातिको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएकाे हाे ।

दोस्रो जित निकाल्ने क्रममा डर्टमण्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिङ्घाम र एर्लिङ ब्राउट हाल्याण्डले एक-एक गोल गरे । यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक-एक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दाेस्राे हाफमा भएकाे एक गाेल नै निर्णायक बन्याे ।

९० मिनेट पछि थपिएको समयमा हाल्याण्डले गाेल गरेर टीमलाई ३-२ को रोमाञ्चक जित दिलाएका हुन् । तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड पहिलो स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ३ खेलबाट ४ अंक सहित चौथो स्थानमा छ ।

शनिबार जर्मन बुण्डेस लिगमा ६ खेल हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय