काठमाडौँ, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।
नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको छ । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गर्नुभएको हो । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पनि पहिलो हाफमा भारतविरुद्ध आक्रमक खेल खेलेको थियो । अहिले मध्यान्तरपछिको खेल भइरहेको छ ।
नेपाल र भारबीच हालसम्म फुटबलमा १९ पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुईचोटी मात्र जीत निकाल्न सकेको छ । चार खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । विश्व फुटबल महासङ्घ (फिफा) वरियताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।


