चर्चित गायक यम बराल ‘अझ वर वर आउँ’ बोलको नयाँ युगल गीतका साथमा श्रोत दर्शकमाझ प्रस्तुत भएका छन् । गायक बरालको गीतमा गायिका प्रविशा अधिकारीले युगल गायन गरेकी छिन् । रोमान्टिक मूडको यो गीतमा गायक बरालकै संगीत रहेको छ भने शब्दहरु उज्ज्वलराज भट्टराईले कोरेका हुन् । गीतमा बलराम समालको संगीत संयोजन रहेको छ । विक्रम कार्कीले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भूमिका देवानद्वारा निर्माण गरिएको यो गीतको भिडियो ओएसआर डिजिटलको युट्युबाट सार्वजनिक गरिएको छ । नगरकोटको आकर्षक लोकेशनमा छायाँकन गरिएको यो गीतको भिडियो बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् ।
सोनाम पाख्रिनको निर्देशनमा तयार भएको भिडियो मोडल जोर्डन राजभण्डारी र अभिनेत्री बेनिशा हमालले रोमान्टिक जोडीका रुपमा अभिनय गरेका छन् । भिडियोमा सुरेन्द« बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, समरा जोशीको श्रृङ्गार तथा कुसुम बुटिकका कुसुम श्रेष्ठ र अमृता कँडेल खकुरेलको पहिरन डिजाइन रहेको छ ।


