मिस नेपाल युएसको आयोजनाको दशौं वार्षिकोत्वसको अवसरमा मिस नेपाल युएस २०२१ को आयोजना हुँदैछ । नेप्लीज् अमेरिकन उद्यमी अमित शाहद्वारा आरम्भ गरिएको यो आयोजनाले नेप्लीज् अमेरिकन युवा अवस्थाका महिलाहरुको सशक्तिकरण, युवा नेटवर्किङ, नेप्लीज अमेरिकन कल्चुरल हेरिटेज सेलिब्रेसन गर्दै सहभागिहरुको व्यक्तित्व र बौद्धिकताको प्रभावकारीता र विस्तारमा योगदान पु¥याउँदै आएको छ ।
यसपटकको आयोजना यही सेप्टेम्बर २३ देखि २५ तारिख सम्म संचालन हुँदैछ भने फाइनल प्रतिस्पर्धाको मिति २५ सेप्टेम्बरम न्युयोर्क शहरमा निर्धारित गरिएको छ । प्रतियोगिताका लागि माल्भिका सुब्बा अफिसियल मेन्टर र ट्रेनर, मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठ अफिसियल कोरियोग्राफर, विश्व गौतम अफिसियल फेसन डिजाइनर तथा ग्रुमिङ कोच, मिस युनिभर्स नेपाल २०२० अन्शिका शर्मा ग्रमिङ कोचका रुपमा तय भएका छन् भने संचारकर्मी संजय सिलवाल गुप्ता कार्यक्रम संचालकका रुपमा रहनेछन् ।
हालसम्म सुजिता बस्नेत, आस्था श्रेष्ठ, वर्तिका राई, खुश्बु मिश्र, प्रियंका थपलिया, दिलाशा न्यौपाने र सुरभि खनाल मिस नेपाल युएसका रुपमा छनौट भैसकेका छन् ।


