Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

अति सिमान्तकृत जाति शिङ्सा भोटियाका युवा पुस्ताका महिलाहरुको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व र नेतृत्वदायी क्षमताको विकासका साथै समुदायको जातिय पहिचान, सांस्कृतिक पक्षको सम्वद्र्धन प्रवद्र्धन गर्ने उद्देश्यले मिस शिङ्सा भोटिया २०२२ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको । प्रतियोगिताको तयारी संगै डिजिटल अडिसन पनि प्रारम्भ भएको छ । प्रतियोगिताले नेपाल भारत लगायत विश्वका विभिन्न क्षेत्रमा बसोबास गरेर रहेका शिङ्सा भोटिया, नावा र ल्होमी जातिका युवा पुस्ताका महिलाहरुलाई समेट्ने उद्देश्य राखेको छ । प्रतियोगितामा सहभागि हुन चाहनेको न्युनतम शैक्षिक योग्यता एसईइ हुनुपर्ने र उमेरको हकमा १५ देखि २८ उमेर समूहको भित्रको प्रावधान राखिएको छ । बज्रकिल्या प्रोडक्सन्सका लागि तेन्जिङ भुटिया आयोजक रहने यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो डिसेम्बर महिनाको १८ तारिखमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका लागि तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय