Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका पुरुष जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जुफाल युवा क्लबले जितेको छ । भाद्र पूर्णिमाको अवसरमा भदौ २८ देखि सुरु भएको अध्यक्ष कपका लागि दर्ता भएका १३ टिमलाई पछि पार्दै जुफाल युवा क्लबले रु एक लाख १५ हजार ५५५ नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको हो ।

वडा नं ८ को खेलकूद मैदानमा आज भएको फाइनल खेलमा सूर्यमुखी युवा क्लब ल्हाँलाई हराउँदै जुफाल युवा क्लब विजेता घोषणा भएको हो । त्यसैगरी सूर्यमुखी युवा क्लब दोस्रो भएर रु ७५ हजार ५५५, ट्रफीसहित प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरी मुड्केचुला युवा क्लब तृतीय भएर रु ५१ हजार ५५५ नगदसहित प्रमाणपत्र पाएको छ । सहभागी १० वटै समूहलाई रु तीन हजार ५०० र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक मनराम ठकुल्लाले बताउनुभयो । उत्कृष्ट खेलाडीका रूपमा जुफाल युवा क्लबका सुवास शाही र अनुशासित खेलाडीका रूपमा आयोजक समूहका खेलाडी चन्द्रप्र्रसाद डाँगीलाई रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको छ । कोभिड महामारीलाई मध्यनजर राख्दै उच्च सतर्कता अपनाउन खेलमा उपस्थित सम्पूर्ण खेलाडी र दर्शकलाई मास्क तथा स्यानिटाइजर वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय