१७औं संस्करणको मिस टिन नेपाल प्रतियोगिताको फइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगिताका सहभागि २४ प्रतिस्पर्धीहरु मध्ये अदिति कोइराला सर्वोत्कृष्ट ठहरिन् र उनको शीरमा मिस टिन नेपाल २०२१ को ताज सजियो । प्रतियोगितामा सोनिया के.सी. र आस्मा पाण्डेले क्रमशः फस्ट तथा सेकेन्ड रनर अप उपाधि आ आफ्नो नाममा सुरक्षित गरेका थिए । काठमाडौं जेसिसको आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको सो प्रतियोगिताको कोरियोग्राफी प्रिया रानी लामाले गरेकी थिइन् ।


