Sunday 31 May 2026 / आईतवार, १७ जेष्ठ २०८३

कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबँेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उहाँले बताउनुभयो । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ”, उहाँले भन्नुभयो, “कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।” मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको बताउने मिश्रले भन्नुभयो, “जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।” वनको मुढेघारबाट मौरी पाल्न शुरु गर्नुभएका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उहाँ बताउनुहुन्छ । अहिले उहाँको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाउनुभएको छ । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ । मह र मौरी बिक्री गरेर वार्षिक रु सात÷आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय