Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको मिस नेपाल युएस २०२१ प्रतियोगितामा कोलोराडोकी प्रतिक्षा शुक्लाले विजेताको ताज पहिरिन सफल भएकी छिन् । दश जना प्रतिस्पर्धीवीचको प्रतियोगितात्मक परिवेशमा कला न्यौपाने फस्ट रनर अप तथा एलिशा लिम्बु सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा सम्पन्न भएको थियो । प्रतियोगिताका लागि माल्भिका सुब्बा अफिसियल मेन्टर र ट्रेनर, मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठ अफिसियल कोरियोग्राफर, विश्व गौतम अफिसियल फेसन डिजाइनर तथा ग्रुमिङ कोच, मिस युनिभर्स नेपाल २०२० अन्शिका शर्मा ग्रमिङ कोचका रुपमा रहेका थिए । सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । प्रतियोगिताले आफ्नो आरम्भ समयदेखि युवा अवस्थाका महिलाहरुको सशक्तिकरण, युवा नेटवर्किङ, नेप्लीज अमेरिकन कल्चुरल हेरिटेज सेलिब्रेसन गर्दै सहभागिहरुको व्यक्तित्व र बौद्धिकताको प्रभावकारीता र विस्तारमा योगदान पु¥याउँदै आएको छ ।
यसैवीच मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु भएको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगष्टमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहास सहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
हालसम्म सुजिता बस्नेत, आस्था श्रेष्ठ, वर्तिका राई, खुश्बु मिश्र, प्रियंका थपलिया, दिलाशा न्यौपाने र सुरभि खनाल मिस नेपाल युएसका रुपमा छनौट भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय