Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो ।

एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा गोल गरेका थिए । पहिलो हाफमा १-० ले अघि रहेको एस्पान्योलका लागि ६० औं मिनेटमा एलेक्स भिडालले गोल गरे । बार्सिलोनाका पूर्व खेलाडी भिडालले केइदी बारेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

७१ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । लुका जोभिचको पासमा बेन्जेमाले गरेको होल अन्त्यमा सान्तवनामा नै सिमित भयो । रियलले खेलको अधिकांश समय बलमा पकड राखेपनि आक्रमण सोचेजस्तो हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय