काठमाडौं , ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । सारजाहमा मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।
राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डयले अविजित ५ रन बनाए ।
राजस्थानका मुस्ता फिजुर रहमान र चेतन साकरियाले १÷१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे । डाभिड मिलरले १५ रन जोड्दा यासभी जैसवाल र राहुल टेवाटियाले समान १२÷१२ रन जोडे ।
राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए । जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।



