काठमाडौं, बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियमलाई ३-२ ले पराजित गरेको हो । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।
इन्जुरी टाइममा हर्नान्डेजले गोल गरेपछि फ्रान्सले खेल ३-२ ले जित्यो । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।


