जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मोडल प्रतिस्पर्धाका रुपमा संचालन भएको स्टाइल आइकन नेपाल २०२१ मा पुरुषतर्फ मत्युर रेहमान र महिलातर्फ रोजी लामिछानेले उपाधि विजेताको ट्रफी उचाल्न सफल भएका छन् । प्रतियोगितामा श्रीजा खरेल र सुजन थापा क्षेत्री फस्ट रनर अप, निर्मला धिताल र सन्तोष आचार्य सेकेन्ड रनर अप तथा नेहा यादव र आदर्श मगराती थर्ड रनर अप विजेताका रुपमा चयन भएका थिए । ![]()
यसैगरी प्रतियोगिताको अन्य मुख्य उपाधि तर्फ चन्दु शाही र संयक महर्जन मोस्ट स्टाइलिस, रोजी लामिछाने र आदर्श मगराती ट्यालेन्ट, बिन्दु कुँवर र मत्युर रेहमान वेष्ट वाक तथा तुलसा न्यौपाने र सुजन थापा क्षेत्री फोटोजेनिक विधामा उत्कृष्ट ठहरिएका थिए ।
![]()
ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा धीरज तण्डुकार आयोजक रहेको सो प्रतियोगितात्मक कार्यक्रममा फेसन मोडलिङ क्षेत्रमा तीन दशकको उपलब्धीमूलक यात्रा तय गरेका अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकारलाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी मेकअप आर्टिष्ट एवं फेसन कोरियोग्राफर स्वतिष्का राजभण्डारीले गरेकी थिइन् ।
ADVERTISEMENT


