ट्रेबल फेसन कन्सर्न प्रा.लि.को आयोजनामा गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा द लुक्स फेसन शो सम्पन्न भएको छ । दशैं पर्वको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रम जोरपाटीस्थित पिस बैंक्वेट एण्ड रेष्टुराँमा संचालन भएको थियो । 
नृत्य, गीत संगीतको मनोरञ्जनात्मक प्रस्तुतिहरुका वीच संचालन भएको सो फेसन कार्यक्रममा मोडलहरुले कोरियोग्राफर काजोल राईको निर्देशन अनुसार आकर्षक ढंगबाट विविध पहिरनहरु प्रदर्शन गरेका थिए । 
कार्यक्रममा साडी, पार्टी वेयर तथा कल्चुरल वेयरको प्रस्तुति समेटिएको थियो । मोडलहरु बाहेक कार्यक्रममा लिटिल आइडल नेपाल २०१९ का विजेता उपविजेता लगायतकाहरुको विशेष फेसन प्रस्तुति रहेको थियो । 
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा इभेन्ट मार्केटिङको आधारमा आस्था पून मगरलाई विजेता, करिश्मा पूनलाई फस्ट रनर अप तथा स्वतिस्का खड्कालाई सेकेन्ड रनर अपको उपाधि प्रदान गरिएको थियो ।


