Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

यतिखेर नेपालकी निशा पाठक इजिप्टमा विश्वका अन्य ७२ मुलुकका सुन्दरीहरुवीच प्रतिस्पर्धाको मैदानमा छिन् । उनी अहिले ४९औं संस्करणको मिस इन्टरकन्टिनेन्टल २०२१ को प्रतियोगिताको मुख्य उपाधिको दौडमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेकी छिन् । प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो अक्टोबर २९ तारिखमा इजिप्टको शार्म अल शेखस्थित होटल सनराइज डायमण्ड बीच रिसोर्टमा संचालन हुँदैछ । निशालाई मिस इन्टरकन्टिनेन्टल नेपालको आधिकारिक संस्था नभ्यताले गएको नोभेम्बर महिना मिस इन्टरकन्टिनेन्टल नेपाल २०२० का रुपमा ताज पहि¥याएको थियो ।
फ्रिलान्स एमसी, संचारकर्मी तथा फेसन कोरियोग्राफर समेत रहेकी निशाको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो सहभागिता हो । यस अघि उनले सन् २०१९को अक्टोबर महिनामा भेनेजुएलामा संचालन भएको मिस ग्राण्ड इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । त्यसभन्दा अगाडि सन् २०१९ को सेप्टेम्बर महिनामा भियतनाममा संचालन भएको मिष्टर एण्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फस्ट रनर अप स्थानमा सफलता आर्जन गरेकी थिइन् । सन् २०१५ भारतको नयाँ दिल्लीमा संचालन भएको मिस हेरिटेज इन्टरनेसनल २०१५ मा निशाको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । जसमा उनी थर्ड रनर अप स्थानमा सफल भएकी थिइन् ।
राष्ट्रिय स्तरको प्रतियोगितामा भने निशाले मोडल ग्लोबल भिसास् कन्सल्टेन्सीले अयोजना गरेको मिस ग्लोबल इन्टरनेसनल २०१४ को ताज पहिरिएकी थिइन् भने उनी मिस नेपाल २०१९ को प्रतियोगितामा पनि सहभागि थिइन् । उनी मिस नेपाल २०१९ मा भने मिस कन्फिडेन्ट उपाधि विजेता संगै उनको यात्रा सेमिफाइनल चरणसम्म अगाडि बढेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय