आयोजनाको पहिलो संस्करणमै प्रभावशाली छाप छोड्न सफल भएको मिस युनिभर्स नेपाल २०२१ को दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धा यही अक्टोबर ३० अर्थात् कार्तिक १३ गते शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा संंचालन हुँदैछ । 
ईमेज च्यानल एचडीबाट साँझ ६ बाट प्रत्यक्ष प्रशारण हुने उक्त मिस युनिभर्स नेपाल २०२१ को फाइनल प्रतिस्पर्धाको मैदानमा १६ जना सुन्दरीहरु वीच उपाधि भिडन्त हुँदैछ । उमंग क्रिएसन्सको प्रस्तुतिमा संचालन हुने यस प्रतियोगिताका १६ जना फाइनलिष्टहरु गत अक्टोबर २० तारिख देखि होटल याक एण्ड यतिमा बन्द प्रशिक्षणमा रहेका छन् । 
मिस युनिभर्स नेपाल २०२१को उपाधिका दाबेदार १६ प्रतिस्पर्धीहरुमा प्रतिक्षा महरा क्षेत्री, वृष्टि आचार्य, आर्या निशान्त, सदिक्षा खड्का, अनिशा पौडल, स्मारिका कार्की, मन्दिरा कार्की, निना कान्त मण्डल, विभुति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, स्मिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, प्रितिमा पन्थी र रक्षा उप्रेती रहेका छन् । 



