एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ ।
युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए ।
जितपछि १७ अंक पुगेको युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ ।


