सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठ मिस लिटिल नेवाः ११४१ को ताज पहिरिन सफल भएकी छिन् । उनी प्रतियोगिताको शीर्ष उपाधि सहित फोटोजेनिक र पब्लिक च्वाईस विधाको उपाधि समेत हात पार्न सफल रहिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रनिधी मानन्धर फस्ट रनर अपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ तथा रिकिष्ना डंगोल सेकेन्ड रनर अप भए । फस्ट र सेकेन्ड रनर अपका विजेताले क्रमशः १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए भने सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर अप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर अपका साथमा बेष्ट स्माइल चुनिएका थिए । यसैगरी तिसा तण्डुकार बेष्ट नेपाल भाषा, प्रकृति महर्जन नेपालभाषा फस्ट रनर अप, सिम्रिक श्रेष्ठ नेपालभाषा सेकेन्ड रनर अपका रुपमा छनौट भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताको सहभागिहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्र्थी डिजाइनरहरुले तयार पारेका पहिरनहरुमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको कोरियोग्राफी प्रिया तण्डुकार र प्रजिता श्रेष्ठ गरेका थिए ।


