Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

भरतपुर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले पूर्व लडाकूको व्यवस्थापन गर्न नसकेको बताएका छन्।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकू व्यवस्थापन र उनीहरूको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए।

‘प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न? घाइतेको उपचार किन गर्नु हुन्न? मनपरेका मानिसलाई १० हजार बाँडेर हुन्छ? पैसा बाँडेर समस्या समाधान हुन्छ?,’ चितवनमा आज दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले भने, ‘लडाकूलाई रोजगारी दिने हो सरकारमा तपाईं हुनुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय