Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

गएको मंसीर ७ गते द सोल्टी काठमान्डुमा भव्य रुपमा सम्पन्न भएको पहिलो संस्करणको मिस तामाङ वर्ल्ड २०२१ मा प्रतियोगि अंक २१ भिरेकी गाङतोक सिक्कीमकी २१ वर्षिया साङ डोमा तामाङले प्रतियोगिता शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । चाँदीको ताज सहित चाँदीको घेरा सहितको सुनको मेडल र युरोपको भ्रमण प्याकेज आफ्नो नाममा दर्ता गर्न सफल साङ डोमाले प्रतियोगिताको मुख्य उपाधि मध्येको एक मिस तामाङ वर्ल्ड २०२१ हेल्थ विधा आफ्नो पक्षमा पारेकी थिइन् । सो अवार्ड जितेसंगै उनी नगद पुरस्कार पचास हजारको हकदार बनिन् । यस बाहेक साङ डोमाले विशेष अवार्डमा भिअर च्वाइस र सब टाइटलमा वेष्ट ड्रेस अवार्ड पनि जित्न सफल रहिन् ।

सौन्दर्य प्रतियोगिताको रेग्युलर फम्र्याट भन्दा फरक रुपमा प्रस्तुत गरिएको सो प्रतियोगितामा मुख्य विधा अन्तर्गत रबिना थिङ मिस तामाङ वर्ल्ड २०२१ कल्चर, सविता लो मिस तामाङ वर्ल्ड २०२१ टुरिजम, प्रभा फ्युवा मिस तामाङ वर्ल्ड २०२१ एजुकेशन, रेणु तामाङ मिस तामाङ वर्ल्ड २०२१ सोसल वेलफेयर, एप्रिला घिसिङ मिस तामाङ वर्ल्ड २०२१ इन्भाइरोमेन्ट तथा एलिशा घिसिङ मिस तामाङ वर्ल्ड २०२१ इकोनोमीका रुपमा चयन गरिएका थिए । मुख्य उपाधि विजेता सबैजनाले नगद पुरस्कार रु पचास हजार प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गतको विशेष विधामा एप्रिला घिसिङ मिस ट्यालेन्ट र निशा रुम्बा मिस पब्लिक च्वाइसका रुपमा छनौट भएका थिए भने सवटाइटल तर्फ एलिशा घिसिङ मिस फोटोजेनिक, एस्टर थोकर वेष्ट डिसिप्लीन तथा एप्रिला घिसिङ वेष्ट पर्सनालिटीका रुपमा चयन भएका थिए । मिस तामाङ वल्र्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द«ले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी एवं संचालन रोजिन शाक्यले गरेका थिए । प्रतियोगिता तामाङ समुदायको जातियता तथा सांस्कृतिक पहिचानको विविध पक्षलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय पहिचान र विस्तारमा योगदान पु¥याउने मुख्य उद्देश्य सहित आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय