Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा आयोजना भएको मिस ग्राण्ड नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा बन्दी सहायता केन्द्रकी निशु कुमारी साहले मिस ग्राण्ड नेपाल २०२१ को ताज पहिरिन सफल भएकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा निशुले मिस इन्टिलेक्चुयलको अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा काठमाडौंकी सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपाल २०२१, हेटौंडाकी मनिशा छिनाल मिस ल्याण्डस्केप्स् नेपाल २०२१, झापाी बबिता आचार्य स्कुवा नेपाल २०२१, पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेसनल नेपाल २०२१का रुपमा ताज पहिरिएका थिए । यसैगरी सोनाली सापकोटालाई मिस स्कुवा नेपाला २०२० का रुपमा ताज पहि¥याइएको थियो ।

मुख्य ताजधारी सुन्दरीहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । मुख्य विधाको उपाधि बाहेक ताजधारी सुन्दरीहरु हरेकले नगद पुरस्कार रु पचास हजार, पचास हजार बराबरको गोल्ड प्रिन्टेड थान्का, नेपाली चलचित्रमा अवसरका साथै अन्य गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । ग्ल्यामर तथा कमर्सियल फोटोग्राफर राज भाई सुवाल, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर, मोडल दिपक घिमिरे, संचारकर्मी रोस्ना बस्नेत, शिक्षाविद् सरोज प्याकुरेल तथा गायिका एवं नायिका विष्णु चेम्जोङ निर्णायक रहेको सो प्रतियोगिता रोहित चौधरीद्वारा डिजाइन गरिएका ककटेल वेयरमा सहभागिहरुले परिचयात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागिहरुले प्रिति शाक्य, एलिना लामा र कल्पना थापा मगरले तयार पारिएको रातो रंगको लेहेंगा तथा टिपाज् क्रिएसनका प्रेम देव र मनिता थापाले तयार पारेको इभिनिङ गाउन आफूलाई सुन्दर ढंगबाट स्टेजमा उतारेका थिए । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा व्यवसायिहरु किसन राज सिंह, राजु श्रेष्ठ तथा समाजसेवी अम्बिका अर्याल, राजेश्वरी श्रेष्ठ, प्रकाश कुँवर लगायतको विशेष आतिथ्यता थियो । प्रतियोगिता संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय