काठमाडौं, फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले निससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलअघि पीएसकीका लिओनल मेस्सीको बालोन डे’ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो । यसै सिजन पीएसजी आएका मेस्सीले कीर्तिमानी सातौ पटम बालोन डे ओर जितेका हुन् ।


