मिस वर्ल्ड २०२१मा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट तीस भित्र पर्न सफल भएकी छिन् । प्रतियोगिता अन्तर्गतको हेड टू हेड च्यालेन्जको नक आउट चरणमा इन्डोनेसियाकी कार्ला युल्सलाई पछाडि पार्न सफल भएपछि नम्रता मिस वर्ल्ड २०२१ को उत्कृृष्ट तीस भित्र आफूलाई उभ्याउन सक्षम भएकी हुन् । ७०औं संस्करणको मिस वर्ल्ड प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो शुक्रबार डिसेम्बर १७ मा पियर्टो रिकोको सान जुवानस्थित जोस मिगेल एग्रेलट कोलिसियममा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वभरिका ९६ मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।


