Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

कठमाडौं, कपडा रुपी क्यानभासमा सृजनाका रंगविरंगी आवरण, कल्पनाका विविध मनमोहक छविहरु र तिनलाई आफ्नो बान्की परेको जिउडालमा सजाएर आकर्षक ढंगबाट प्रदर्शन गर्दै गरेका दृष्यहरुले एक पछि अर्को गर्दै आफ्नो गति र लय परिवर्तन गर्दै जाँदा तीन घण्टा भन्दा अलिक् बढी समय वितेको चाल पाइएन । हल बाहिर पौष महिनाले वातावरणमा चिसो थप्दै थियो, हल भित्र भने फेसन, ग्ल्यामर र स्टाइलको गर्मी बढ्दो थियो । समग्र समयले बौद्धस्थित हायात रिजेन्सी होटलको प्रेक्षालयमा लामो समय पछि मनलाई मोहित पार्ने सृजनाहरु र तिनका अनेकन् आयामहरुको सुन्दर दृष्यावलोकन गर्ने अवसर जुराएको थियो ।
आई ई सी कलेज अफ आर्ट एण्ड फेसनका १८ आंै ब्याचका ७३ जना विद्यार्थी फेसन डिजाइनहरुले आफ्नो ग्राजुएसन फेसन शोलाई अविष्मरणीय बनाउन भरपूर मिहेनत गरेको देखिन्थ्यो । २१ सिक्वेन्स मार्फत् आफ्ना सृजनाहरु प्रस्तुत गरेका डिजाइनरहरुको सृजनालाई महिला पुरुष गरी ३६ जना मोडलहरुले रनवेमा प्रर्दशन गरेका थिए । आई ई सी डिजाइनर्स रनवे १० शीर्षक संचालन भएको उक्त फेसन शो समग्र व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको थियो भने रवि धमला र यतना पाण्डे कार्यक्रमका निर्देशक थिए ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले संचालन गरेको सो कार्यक्रमका कोरियोग्राफर भने प्रशान्त ताम्राकार थिए । सो कार्यक्रममा अभिनेत्रीत्रय स्वतिस्मा खड्का, केकी अधिकारी, सारा सिरपाइली, अभिनेता सुशिल श्रेष्ठ, सुपर मोडल सविता कार्की तथा मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले शो स्टपरका रुपमा आफ्नो उपस्थिति जनाएका थिए ।
आइसी डिजाइनर रनवे फेसन शोको मुख्य उदेश्य नेपाली डिजाइनरको प्रचार र नेपाली फेसन प्रति आकर्षक गर्नु रहरेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिनु भयो ।

तस्बिरहरु ः यसनेपाली डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय