काठमाडौँ, नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१९ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७१८० जनाको पिसिआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।


