Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको बताएका छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो,’ सुझावको १८ नम्बर बुँदामा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’

नेता गजुरेलले अध्यक्ष प्रचण्डको सोचअनुसारको उक्त प्रयोग (बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने) कस्तो हुन्थ्यो भन्ने विषय दस्तावेजमा समावेश गर्नुपर्ने पनि बताएका छन् । ‘यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय छुवाउँदा राम्रो होला’ गजुरेलले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय