Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, मोडल प्रतिस्पर्धाका रुपमा गरिएको द फेश भोल्युम टू सम्पन्न भएको छ । कुपण्डोलस्थित म्याक्सिम ब्याङ्क्वेट एण्ड इभेन्ट्समा संचालन गरिएको सो प्रतियोगितामा युवकतर्फ प्रिसियस श्रेष्ठ र युवतीतर्फ आयुष्मा शाह विजेताका रुपमा चयन भएका छन् । प्रिसियसले वेष्ट वाक, वेष्ट स्कीन, मिष्टर इन्फ्लेसर तथा पब्लिक च्वाइसको अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भएका थिए भने आयुष्मा वेष्ट वाक र मिस पर्सनालिटी विधामा पनि विजेता बनिन् । प्रतियोगितामा सजल महर्जन र फिबिका चौलागाईं फस्ट रनर्स अप तथा आर्यन कार्की र प्रिति भट्ट सेकेन्ड रनर्स अपका रुपमा छनौट भएका थिए ।

यु क्यान फ्लाई फेसनको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितात्मक कार्यक्रमको निर्देश संसद शाहले गरेका थिए भने स्वीकृति प्याकुरेल कार्यक्रमको व्यवस्थापकका रुपमा थिइन् । १६ युवती र १३ युवक प्रतिस्पर्धीका रुपमा रहेको सो प्रतियोगितामा सहभागिहरुले अमितेष कर्णको जरदोजी, प्रिया राईको सिन्तिला फेसन, आरुप जंग क्षेत्रीको आरुप्स् डिजाइन्स तथा सरिना लामाको आरडिएस कलेक्सनका पहिरनहरु ¥याम्पमा प्रदर्शन गरेका थिए ।
सहभागिहरुको प्रस्तुतिलाई कोरियोग्राफर सुजित बस्यालले कोरियोग्राफ गरेका हुन् । प्रतियोगितामा अभिनेता एवं टिभि पर्सनालिटीद्वय सुरज सिंह ठकुरी र अनुप विक्रम शाही तथा मिष्टर नेपाल वल्र्ड २०१९ का विजेता डा. सन्तोष उपाध्याय निर्णायकका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय